काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले निर्माण सामग्री चोरी गर्ने चारजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक दुधौली नगरपालिका-२ का दलबहादुर तामाङ (वर्ष ३२),सिन्धुली तिनपाटन गाउँपालिका-५ का रवीन्द्र लामा (वर्ष ३०),सोही गाउँपालिका वडा-९ का पदम तामाङ (वर्ष ३२) र ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका-७ का फत्तबहादुर विश्वकर्मा (वर्ष ४६) रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पुष १८ गते बिहान रातमा काठमाडौं तारकेश्वर नगरपालिका-६ पदमशालस्थित एक घरको बाहिर कम्पाउन्डमा राखेको हेभी टेका थान २६५, फलामको च्यानल पाइप थान ५०, फलामको पाता, दलिन, बाला, बिम लगायत अन्दाजी नौ लाख रुपैयाँ बराबरको निर्माणसँग सम्बन्धित सामग्री चोरी भएको भन्ने सूचनाको आधारमा उक्त चोरीमा संलग्न मानिसहरू तथा सवारी साधनको पहिचान तथा खोजतलास गरी उनीहरुलाई नियन्त्रणमा लिइएको हो।
प्रहरी उनीहरुलाई नियन्त्रणमा लिइ काठमाडौं जिल्ला अदालतबाट दिन ५ दिनको म्याद थप लिई अनुसन्धान भइरहेको जनाएको छ।प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा निजहरूले अन्य विभिन्न स्थानबाट समेत टेका लगायतका निर्माण सामग्री चोरी गरेको खुल्न आएको जनाएको छ।

