काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । आजको बैठक पार्टी कार्यालयय सानेपामा सुरू हुनासाथ स्थगित गरिएको हो । उपसभापति धनराज गुरुङले करिब १ मिनेट बोलेपछि बैठक स्थगित गरिएको हो ।
गुरुङले विशेष महाधिवेशन पक्षधरसँग सहमतिका लागि वार्ता भइरहेको र सकारात्मक दिशामा अघि बढिरहेको जानकारी गराउँदै बैठक स्थगित भएको घोषणा गरे ।
बैठक फेरि भोलि बिहान ८ बजेका लागि बोलाइएको छ ।

