काठमाडौं । चिति सेवा समाजको १५औं वार्षिक साधारण सभा काठमाडौंको धापासीस्थित सनराइज ब्यांक्वेटमा सम्पन्न भएको छ । साधारण सभाबाट समाजका नयाँ निर्वाचित पदाधिकारी तथा सदस्यहरू चयन गरिएको छ ।

कार्यक्रममा जम्मा ९६ जना सदस्यहरूको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन समाजका सचिव यमकुमार श्रेष्ठले गरेका थिए । हाल संस्थामा आजीवन सदस्य संख्या ३९ रहेको जानकारी गराइएको छ ।
साधारण सभाका अवसरमा ज्ञानुमोह अक्षयकोष वितरणसमेत गरिएको छ । सो अक्षयकोषअन्तर्गत जनकल्याण माध्यमिक विद्यालयकी छात्रा अनिता तामाङले ३.७९ जिपिए प्राप्त गरेबापत तथा बाल विकास माध्यमिक विद्यालयका छात्र कुशल सेढाईंले जनही ७ हजार ५ रुपैयाँका दरले छात्रवृत्ति प्राप्त गरेका छन् ।

त्यस्तै, सोम तात्रे अक्षयकोषबाट युवा ज्योति प्राथमिक विद्यालयकी छात्रा प्रगती पाण्डे र रिया परियारलाई जनही २ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको छ ।
कार्यक्रममा डा. भाइकाजी तिवारी, गोविन्द बाबु तिवारीलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । सहभागी वक्ताहरूले समाजले शिक्षा, सामाजिक सेवा र समुदाय विकासमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
यस्तै समाजको नयाँ नेतृत्व चयन गरिएको छ । समाजको अध्यक्षमा सुरेश बाबु तिवारी, उपाध्यक्षमा दिपक बाबु बराल, ज्ञान बहादुर कुताल, सचिवमा यामकुमार श्रेष्ठ, सहसचिवमा सूर्यकला भण्डारी, कोषाध्यक्षमा प्रकाश बाबु दवाडी र सदस्यहरूमा सुरेश बाबु सेढाई, सुजन श्रेष्ठ, हरिकृष्ण परियार , बसन्त कुमारी बस्नेत , उद्धव पन्त, मदनराज जोशी, कृष्णबहादुर मिजार, नारायणबाबु जोशी, शम्भुराज बिष्ट चयन भएका छन् ।

