काठमाडौं । सरकारले जेनजी आन्दोलनको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद २५ दिन थप्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले तेस्रो पटक आयोगको म्याद थप गर्ने निर्णय गरेको हो। आयोगको दोस्रो पटक थप गरिएको म्याद माघ २८ गते बुधबार सकिँदै छ।
सरकारले जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको घटनाको छानबिन गर्न गत असोज ५ गते विशेष अदालतका पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेको थियो।

