जल तथा मौसम विज्ञान विभागका अनुसार आज सोमबार देशका धेरैजसो ठाउँमा मौसम सफा छ ।
तर, पश्चिम नेपालका सुदूरपश्चिम र कर्णालीका पहाडी तथा हिमाली भू(भागका केही स्थानमा भने हल्का वर्षाको सम्भावना छ। त्यस्तै, अन्य क्षेत्रका पहाडी र हिमाली भु(भागका थोरै स्थानमा पनि हल्का वर्षा हुने आकलन गरिएके छ।
राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा वर्षा हुने अनुमान विभागले गरेको छ।
मंगलबार कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा हुने आकलन छ।

