काठमाडौं । काठमाडौं टोखा नगरपालिका वडा नं. ११ को आयोजना तथा शुभम इन्टरनेशनल हस्पिटल, मनमैजु–१० ले प्राविधिक सहयोगमा महिलाहरूको स्तन तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। भण्डारी टोल, टोखा–११ मा आयोजित उक्त कार्यक्रममा १९५ जना महिलाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

शिविरमा स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण, परामर्श तथा सचेतनामूलक सेवा प्रदान गरिएको थियो।
शिविरमा समृद्ध समाज नेपाल अनामनगरले परामर्शदाताको भूमिका निर्वाह गरेको थियो।

महिलाहरूमा बढ्दो क्यान्सर जोखिमलाई मध्यनजर गर्दै समयमै परीक्षण र उपचारको पहुँच विस्तार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ। स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिता रहेको शिविरले स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको विश्वास व्यक्त गरिएको छ।

वडा कार्यालयले आगामी दिनमा पनि समुदायस्तरमा यस्ता स्वास्थ्य प्रवद्र्धन तथा रोग पहिचान सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

