काठमाडौं। नेपाल प्रहरीले लामो समयदेखि गैरहाजिर रहेका १२ जना प्रहरी कर्मचारीलाई अन्तिम पटक ७ दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ।
प्रहरी नियमावली, २०७१ अनुसार सार्वजनिक सूचना जारी गर्दा पनि सम्पर्कमा नआएपछि उनीहरूलाई गैरहाजिरीको कारणसहित सन्तोषजनक स्पष्टीकरण पेश गर्न भनिएको हो।
तोकिएको अवधिमा उपस्थित नभए प्रहरी नियमावलीको व्यवस्था अनुसार सेवाबाट हटाउने नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।


