काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै नयाँ नेतृत्व चयन भएको छ।
पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्। उपाध्यक्षमा स्वर्णिम वाग्ले पनि निर्विरोध निर्वाचित भएका छन्।
शुक्रबार सम्पन्न निर्वाचनमा महिला उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन्। उनले प्रतिस्पर्धी डा. तोसिमा कार्कीलाई पराजित गर्दै उपसभापतिको जिम्मेवारी हात पारेकी हुन्।
महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन्। यस्तै, सहमहामन्त्रीमा हरि ढकाल र असिम शाह निर्वाचित भएका छन्। महिला कोटातर्फको सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित भएकी छन्।
पदाधिकारी निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै रास्वपाको प्रथम महाधिवेशन अन्तिम चरणमा पुगेको छ। नयाँ नेतृत्व चयनसँगै पार्टीले आगामी संगठन विस्तार, नीति निर्माण र राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
सबै उम्मेदवारहरुले ल्याएको मत
उपसभापति
सोविता गौतम ७८९
डा. तोसिमा कार्की ५७२
महामन्त्री
विपिनकुमार आचार्य ६७३
मनिष झा ३४६
गणेश कार्की १६९
सागर ढकाल १३९
रञ्जु दर्शना ३४
सहमहामन्त्री
असिम साह ४७१
हरि ढकाल ४१०
पुकार बम ३३४
रमेश प्रसाईं ३०७
यज्ञमणी न्यौपाने ३००
सुलभ खरेल २९१
अशोक कुमार चौधरी १७९
मिलन लिम्बु १५१
राजीव खत्री १४८
वीरेन्द्र जैरु ११४
हिमेश पन्त ५३
सहमहामन्त्री (महिला)
निशा डाँगी ७३७
रिमा विश्वकर्मा २८२
कामिनी कुमारी चौधरी १४६
विदुषी राणा ८२
जुली यादव ७८

