विश्वकप फुटबलको समूह चरण सकिएसँगै राउन्ड अफ ३२ का सबै खेलहरूको समीकरण पूरा भएको छ। अब उपाधि यात्रालाई निरन्तरता दिन विश्वका शक्तिशाली टोलीहरू नकआउट चरणमा आमनेसामने हुनेछन्।
सबैभन्दा चासोका खेलमा ब्राजिलले जापानको सामना गर्नेछ भने अर्जेन्टिनाले केप भर्डसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै स्पेन र अष्ट्रिया, पोर्चुगल र क्रोएसिया तथा फ्रान्स र स्विडेनबीच पनि रोमाञ्चक भिडन्त हुने भएको छ।
दक्षिण अफ्रिका–क्यानडा, जर्मनी–पाराग्वे, नेदरल्यान्ड्स–मोरक्को, आइभरी कोस्ट–नर्वे, मेक्सिको–इक्वेडर, इंग्ल्यान्ड–डीआर कंगो, बेल्जियम–सेनेगल, अमेरिका–बोस्निया एन्ड हर्जगोभिना, स्विट्जरल्यान्ड–अल्जेरिया, अष्ट्रेलिया–इजिप्ट तथा कोलम्बिया–घानाबीच पनि अन्तिम १६ को यात्रा तय गर्न प्रतिस्पर्धा हुनेछ।
राउन्ड अफ ३२ का विजेता टोलीहरू अन्तिम १६ मा प्रवेश गर्नेछन् भने पराजित टोलीहरूको विश्वकप यात्रा समाप्त हुनेछ। नकआउट चरण सुरु भएसँगै अब प्रत्येक खेल ‘गर या मर’ को अवस्थामा हुने भएकाले प्रतियोगिता थप रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ।

