काठमाडौं । लमजुङको दोर्दी गाउँपालिकामा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत होमबहादुर रावललाई स्वागत गरिएको छ।
दोर्दी गाउँपालिकाको सभाहलमा आयोजित विशेष स्वागत कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य तथा कर्मचारीहरूले रावललाई खादा, माला र फूलसहित स्वागत तथा बधाई दिएका हुन्।
कार्यक्रममा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत रावललाई गाउँपालिकाको प्रशासनिक नेतृत्वको जिम्मेवारीका लागि शुभकामना दिइएको थियो।
नयाँ प्रमुख प्रशासकीय अधिकृतको आगमनसँगै दोर्दी गाउँपालिकाको प्रशासनिक कार्यसम्पादन थप प्रभावकारी हुने तथा गाउँपालिकामा सञ्चालन भइरहेका विकास निर्माणका कामले थप गति लिने अपेक्षा गरिएको छ।

