काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह काठमाडौँको खुलामञ्चमा सुरु भएको छ। समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दलका शीर्ष नेता महाधिवेशनस्थल पुगेका छन्।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई उद्घाटन समारोहमा सहभागी छन्।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका महासचिव शंकर पोखरेल र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि समारोहमा पुगेका छन्। उनीहरूले उद्घाटन सत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
खुलामञ्चमा बनाइएको विशेष मञ्चबाट उद्घाटन कार्यक्रम सञ्चालन भइरहेको छ। कांग्रेसले समारोहमा सहभागिताका लागि विभिन्न राजनीतिक दलका नेताहरूलाई निमन्त्रणा गरेको थियो।

