सौर्य माझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको ग.२ ख. १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दुर्घटनालगत्तै नेपाल प्रहरीले उद्धार गरी घाइतेहरूलाई उपचारका लागि अस्पताल पुर्याएको थियो।
दुर्घटनामा तीन छात्रा, एक छात्र र एक स्थानीय बासिन्दाको मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिम क्षेत्रीय अस्पतालले जनाएको छ। मृत्यु हुनेमध्ये उपचारका क्रममा बिहान ८ः३५ बजे तीन जनाको मृत्यु घोषणा गरिएको थियो। अन्य दुई जनाको मृत्यु भएको पनि अस्पतालले पुष्टि गरेको छ।
दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइते विद्यार्थीहरूमा सृष्टि तिवारी, शिसन थापामगर, सौगात तिमिल्सिना, अस्मी कँडेल, स्नेहा गौतम, सोनिया तिवारी, अंकित पराजुली, स्मृति खत्री, स्नेहा तिवारी, आकृति बुढाथोकी, मेरिना तिवारी, सुप्रिया आचार्य र यमन मगरलगायत रहेका छन्।
त्यस्तै, दुर्घटनामा पोखरा–२८ का ६५ वर्षीय बाबुराम तिवारी पनि सवार थिए। उपचारका लागि लिफ्ट मागेर बसमा चढेका उनको समेत मृत्यु भएको विवरणमा उल्लेख छ।


