काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्तर्गत पपुवा न्युगिनी विरुद्धको खेलमा नेपालले संघर्षपूण जित निकालेको छ । जितको लागि १८० पछ्याएको नेपालले ४८ ओभरमा ७ विकेट गुमाएर बिजयी लक्ष्य पुरा गर्यो १८० रनको विजयी लक्ष्यका साथ मैदानमा आएको नेपालको सुरुवाती प्रदर्शन खराव रह्यो ।
३२ ओभरमा ७ गुमाएर जम्मा १०५रनको स्थीतमा रहेको नेपालका लागि आसिफ शेखले उत्कृष्ट प्रदर्शन गर्र्दै टोलीलाई ८६ रन बनाएर नेपाललाई जिताएका हुन । सातौ विकेटको क्षतिमा व्याटिङ गर्न आएका सन्दीप लामिछानेले पनि उत्कृट ब्याटिङ गर्दै ३५ रन बनाएर नेपाललाई जित दिलाउन महत्वपूर्ण भूमिका खेले ।
नेपालका कुसल भुर्तेल ० रनमा, ज्ञानेन्द्र मल्ल ६ रनमा , भिम सार्की ८ रनमा, कप्तान रोहित पौडेल र आरिफ शेख एक एक रन बनाएर आउट भए । दिपेन्द्रसिंह एैरी ८ रनमा आउट भए ।कुसल मल्ल २३ .रन बनाएर आउट भए । यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पपुवा न्यूगिनीले ४९ दशमलब २ ओभरमा १७९ रन बनाउँदा सबै विकेट गुमाएको थियो। पपुवा न्यूगिनीलाई १७९ रनमा सिमित राख्न सोमपाल कामी र दिपेन्द्रसिंह एैरीले दुई दुई विकेट लिए ।
यस जितसंर्गै नेपाल ३१खेलमा ३० अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३१ खेलमा ३ मा जित र २७ मा हारसहित ७ अंकका साथ पुछारमा छ । नेपाललाई शीर्ष तीनमा पर्दै सोझै एकदिवसीय विश्वकप छनोट खेल्न बाँकी सबै ५ खेल जित्नुपर्ने हुन्छ ।