काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । ५३ सदस्यीय प्रदेश सभामा ५२ सदस्य उपस्थित थिए । मुख्यमन्त्री शाहले ४१ मत पाउनुभएको छ भने विपक्षमा ११ मत खसेको छ । शाह माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका हुन् ।
तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावल बहुमत जुटाउन नसकेर पदमुक्त हुनु भएपछि उपधारा ९३० बमोजिम ठूलो दलको संसदीय दलका नेताको हैसियतले शाह मुख्यमन्त्री बनेका हुन् ।
शाहलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी)का सांसदले विश्वासको मत दिएका छन् । मुख्यमन्त्री शाहलाई नेकपा (एमाले) र राप्रपाले विश्वासको मत नदिएको हो ।