काठमाडौं । सरकार समर्थित दलहरुले सङ्क्रमणकालीन न्याय सम्बन्धी विवाद छिटो टुङ्गो लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो बेलुका बसेको सरकार समर्थित दलहरुको बैठकले संविधान र लोकतन्त्रको उपलब्धिको रक्षा गर्दै सङ्क्रमणकालीन न्यायको विषय छिट्टै टुङ्गो लगाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभामा प्रमुख सचेतक रहनु भएका रमेश लेखकले सङ्क्रमणकालीन न्याय सम्बन्धी विवाद संसद्को चालु अधिवेशनमा टुङ्गो लगाउने गरी अगाडि बढाइने बताए ।
द्वन्द्वकालीन घटनालाई निष्कर्षमा लैजानु सबै राजनीतिक दल तथा सबै पक्षको दायित्व भएको बताए। बैठकमा सहभागी भएका सरकार समर्थित ९ दलका नेताहरुले संविधानको सुरक्षा र लोकतन्त्रको रक्षाको लागि सबै एकजुट हुने प्रतिबद्धता जनाएको नेता लेखकले जानकारी दिए ।