काठमाडौं, २३ फागुन । माओवादी धारका पार्टीहरुले विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीतका गतिविधिको संयुक्त प्रतिवाद गर्ने निर्णय गरेका छन्।
माओवादी धारका पार्टीहरुबीच मंगलबार प्रधानमन्त्रीको सरकारी निवासमा छलफल भएको थियो। छलफलबाट शान्ति प्रक्रियासँग जोडिएका विषयहरु विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरुप व्यवस्थापन गरिनुपर्छ भन्नेमा पार्टीहरुले दृढता व्यक्त गरेका छन्।
यस्तै, संक्रमणकालीन न्यायको प्रक्रिया विपरीतका काम कारबाहीले शान्ति सम्झौताको कार्यान्वयनमा सहयोग पुर्याँदैन भन्ने कुरामा आफूहरु स्पष्ट रहेको बैठकपछि नेताहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ‘शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिहरुको प्रतिवाद गर्न हामी एकमत छौं,’ विज्ञप्तिमा भनिएको छ।