काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा उम्मेदवार रहेकी जसपाकी प्रमिला कुमारी यादवले पार्टीकै नेता रामसहाय यादवलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ताको स्वघोषणा गरेकी छन् । तर उम्मेदवारको अन्तिम नामावली सूचीमा उनको नाम प्रकाशित भइसकेको छ ।
उपराष्ट्रपतिका लागि विभिन्न आन्दोलन र संघर्षमा सक्रिय रुपमा लागेका रामसहाय यादव उपराष्ट्रपति पदका लागि सक्षम र योग्य उम्मेदवार रहेको बताएकी छन् । उनले सोमबार विज्ञप्ति जारी गर्दै अब उप्रान्त आफू उपराष्ट्रपति पदको उम्मेदवार नरहेको उल्लेख गरेकी छन् ।
प्राविधिक रुपमा उक्त पदका लागि आफ्नो नाम रहेपनि प्रतिवद्धताका साथ रामसहाय यादवलाई समर्थन गर्ने प्रमिलाकुमारीले बताएकी छन् । प्रमिलाकुमारीले फागुन २७ गते उक्त पदका लागि आफूले मनोनयन दर्ता गराएकी थिइन् ।