काठमाडौं । विश्वकप क्रिकेट लिग- २ को चार वर्षे संस्करणको औपचारिक समापन बिहीबार हुँदैछ।
१४ अगस्ट २०१९ मा स्कटल्यान्डको अबर्डीनमा पपुवा न्युगिनी र ओमानबीचको पहिलो खेलबाट ७ देश समिलित विश्वकप लिग- २ को सुरु भएको यात्रा बिहीबार ९१६ मार्च २०२३० कीर्तिपुरमा समापन हुन लागेकाे हाे।
अन्तिम एवम् निर्णायक खेल हेर्नका लागि यतिबेला कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा दर्शकको भीड लागेको छ। आज नेपालले युएईलाई पराजित गरेमा नामिबियालाई पछि पार्दै एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउने छ। तर हारले प्लेअफतर्फ धकेल्ने छ।