काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि आज मतदान हुँदैछ। निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन्।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए। बिहान १० देखि अपराह्न ३ बजेसम्म हुने मतदानमा सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र तय गरिएको छ।
उपराष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का सदस्यले रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ। मतदाताले मतपत्रमा उम्मेदवारको तस्बिर र नाम अङ्कित रहेको कोठामा स्वस्तिक छाप लगाई मतसङ्केत गर्नुपर्नेछ। सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसा सदस्यको मतभार ४८ कायम रहेको छ। निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता रहेका छन्। मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिए।
राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संवैधानिक व्यवस्था छ। उपराष्ट्रपति मर्यादाका हिसाबले दोस्रो माथिल्लो पद हो। उपराष्ट्रपतिको पदावधि पाँच वर्षको हुनेछ। मुलुकमा उपराष्ट्रपतिको यो तेस्रो निर्वाचन हुन लागेको हो। हाल उपराष्ट्रपतिमा नन्दबहादुर पुन छन्।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । लमजुङको बेसीशहरदेखि मनाङको चामेसम्मको सडक खण्डमा सार्वजनिक बस सेवा औपचारिक रूपमा सुरु गरिएको…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आह्वानमा आइतबार राजधानीमा गरिएको प्रदर्शन सम्पन्न भएको छ ।…
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचकसँगै आइतबार (वैशाख ७) कारोबार रकम पनि घटेको…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित तीन नेता पक्राउ परेका छन् । सिंहदरबारभित्रै…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Sunday, April 20
ताजा :
- बेसीशहर–चामे सडक खण्डमा सार्वजनिक बस सेवा सुरु
- राप्रपाको प्रदर्शन सकियो, पार्टी कार्यालयमा आकस्मिक बैठक बस्दै
- सेयर बजारमा भारी गिरावट
- राप्रपा अध्यक्ष लिङ्देनसहित तीन नेता सिंहदरबारबाट पक्राउ(भिडियोसहित)
- तनहुँ कालिमाटिमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु
- सुनचाँदीको मूल्य स्थिर
- राप्रपाको प्रदर्शन अब एकै ठाउँमा केन्द्रित
- निषेधित क्षेत्रमा प्रदर्शन गर्न लागेको राप्रपालाई गृह मन्त्रालयको चेतावनी
- तीन शीर्ष नेताबीच भेटवार्ता, संविधानको रक्षाका लागि एकसाथ उभिने निष्कर्ष
- प्रधानमन्त्रीसँग शिक्षक महासंघ पदाधिकारीले गरे छलफल
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित