काठमाडौं । उपराष्ट्रपतिका लागि शुक्रबार भएको निर्वाचनमा ८२९ मत खसेको छ। संघतर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रदेश सभातर्फत ५५० मत भएकोमा ५१८ मात्र खसेको हो। राप्रपा २८, नेमकिपा ३ र जसपाको १ मत नखसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। राप्रपा र नेमकिपाले कसैलाई पनि मत नदिई तटस्थ बस्ने निर्णय गरेका थिए।
कोसी ६, मधेस २, बागमती १५, गण्डकी २, सुदूरपश्चिम १, कर्णाली २ र बुम्बिनी ४ मत नखसेको निर्वाचन कार्यालयले जनाएको छ। संघीय संसद्मा हाल ३३४ सदस्य छन्। टेकबहादुर गुरुङ निलम्बनमा छन् भने रवि लामिछानेको सांसद पद खारेज भएपछि त्यो स्थान रिक्त छ। ३११ मतमा राप्रपा १४, नेमकिपा १ तटस्थ बसेको कार्यालयले जनाएको छ।