काठमाडौं । गोरखाको लार्केपास जाँदै गर्दा हिउँमा फसेका २ नेपालीको उद्धार गरिएको छ। दुईजना हिउँमा फसेको जानकारी आएपछि उनीहरूलाई स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले उद्धार गरेको हो।
बुधबार लार्केपासका लागि हिँडेका नवलपुर कावासोतीका सौरभ खनाल र अनिता घलेलाई प्रहरीले बिहीबार (९चैत) बिहान उद्धार गरेको हो।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार अहिले उनीहरूको उद्धार गरेर धर्मशाला भन्ने ठाउँमा राखिएको छ।