काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालमा बैंक बिदाको सूची जारी गरेको छ। राष्ट्र बैंकले आज एक सूचना जारी २०८० सालमा बैंक बिदाको सूची सार्वजनिक गरेको हो। केन्द्रीय बैंकले सार्वजनिक गरेको बैंक बिदाको सूचीमा नयाँ वर्षदेखि मोहम्मद जयन्ती (नेपाली मुस्लिम धर्मावलम्बीहरुका लागि)सम्म कुल ४४ दिन परेका छन्। यसमा विभिन्न अवसर तथा पर्वका अवसरमा क्षेत्रगत हिसाबले दिइने बिदा पनि समावेश छन्।
२०८० सालको दसैँमा ९ दिन बैंक बिदा दिइएको छ। जसमा घटस्थापना र बाँकी फूलपातीदेखि द्वादशीसम्म बिदा दिइएको छ।
यसैगरी २०८० सालको तिहारमा ५ दिन बिदा दिइएको छ। तिहारमा लक्ष्मी पूजादेखि बिदा दिइएको छ। राष्ट्र बैंकले बिदाका किसिमलाई ‘क’ र ‘ख’ गरी दुई वर्गमा विभाजन गरेको छ। जसअनुसार ‘क’ पूरा दिनको बिदा र ‘ख’ आधार दिनको बिदा रहेका छन्। वर्षभरिको शनिबारको बिदालाई ‘क’मा राखिएको छ भने शुक्रबारको आधा दिनको बिदालाई ‘ख’मा राखिएको छ।