काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रश्ताव पारित भएको छ।
आइतबार प्रतिनिधि उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको हो। प्रतिनिधि सभाको आजको बैठकमा सो विधेयकमाथि सांसदहरुले आफ्नो आफ्नो धारणा व्यक्त गरेका थिए।
प्रतिनिधि सभाको अर्को बैठक चैत्र १५ गते १ बजे बस्नेछ। आजकै बैठकमा सत्ता पक्षका सांसदहरुले विधेयकको बचाउ गरेका थिए भने प्रतिपक्षका सांसदहरुले गम्भीर अपराधमा संलग्नलाईसमेत उन्मुक्ति दिन खोजिएको भन्दै आलोचना गरेका छन्।