काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितहरुसँग सरकारले गरेको सहमति कार्यान्वयन हुने बताएका छन् ।
आइतबार स्वास्थ्य परीक्षणपछि घर फर्किन लागेका मिटरब्याजी पीडितहरुलाई भेट्न पुगेका गृहमन्त्री श्रेष्ठले सरकारले गरेको सम्झौता कार्यान्वयन हुने बताएका हुन् ।
सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले पीडितहरू सरकारसँग भएको सम्झौता कार्यान्वयन हुनेमा विश्वस्त भएर फर्किन लागेको बताए । उनले यो समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै पीडितसँगको सहमति कार्यान्वयन गर्ने बताए । त्यसका लागि आयोग बनाउने कानूनको प्रक्रिया अगाडि बढिसकेकोले समस्या समाधान हुने उनको भनाइ छ ।