काठमाडौं । काठमाडौं टोखा नगरपालिका अन्तर्गत वडा नम्बर ११ र ८ जोड्ने गोंगबु–बानियाँटर पुलको शिलान्यास गरिएको छ । नगरप्रमुख प्रकाश अधिकारीले विष्णुमती खोलामा निर्माण हुने पुलको आइतबार जगपूजा गरी शिलान्यास गरेका हुन् ।
नगरपालिकोको बजेटबाट निर्माण हुने सो पुल पुष्पाञ्जलिररालुकादेवी निर्माण कम्पनीले करिब चार करोडमा बनाउन लागेको र २०८० साल पुसभित्र निर्माण सम्पन्न हुने बताइएको छ । सो अवसरमा नगरप्रमुख अधिकारीले टोखावासीको मागबमोजिम व्यस्त सडकखण्डको विष्णुमती खोलामा पुल निर्माण भएपछि सहरुपमा यातायात सञ्चालन भई जनताले ठूलो राहत पाउने धारणा व्यक्त गरे ।