काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले दुई जनाको बकपत्र गराउन आदेश दिएको छ । आइतबार जिल्ला न्यायाधीश शंकरराज बरालको इजलासले दुई जना सरकारी साक्षीको बकपत्र गराउन आदेश दिएको हो ।
सन्दीप लामिछानेका वकिलले दुई साक्षीको बकपत्र बाँकी रहेको भन्दै उनीहरूको बकपत्र गराउन निवेदन दिएका थिए । सोही निवेदनका आधारमा दुई जना साक्षीको बकवत्र गराउन आदेश दिइएको हो । यो प्रकरणको सुनुवाई अन्तिम चरणमा छ । आइतबारको सुनुवाई भने सकिएको छ ।
लामिछानेले नाबालिगमाथि बलात्कार गरेको भन्दै मुद्दा परेको छ ।