काठमाडौं । चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा करिब ८ खर्बको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार ८ महिनाको अवधिमा ७ खर्ब ९३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।
चालू आर्थिक वर्षको माघ मसान्तसम्म ६ खर्ब ८९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । फागुनमा मात्रै १ खर्ब ४ अर्ब रेमिट्यान्स आएको छ । जुन माघ महिनाको तुलनामा १५ प्रतिशत बढी हो । यो वर्षको ८ महिनामा औसतमा ९९ अर्ब मासिक रेमिट्यान्स आएको देखिएको छ । गत वर्ष औसतमा मासिक ८४ अर्ब रेमिट्यान्स आएको थियो ।