काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीमा देखिएको भ्रष्टाचार र लेनदेन काण्डमा जोडिने कसैलाई नछाड्ने दाबी गरेका छन्। मंगलबार चितवन क्षेत्र नम्बर २ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै रविले भ्रष्टाचार र मोलमोलाइका काण्डमा जोडिने जोकसैलाई कारबाही गर्ने बताए।
उनले भ्रष्टाचारका काण्डमा आफ्नो संलग्नता भए पनि कारबाही भोग्न तयार रहेको बताए। रविले रास्वपा भ्रष्टाचारका काण्ड आउँदा ङिच्च दाँत देखाएर नहिँड्ने पनि दाबी गरे।