काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा पदम नाम गरेका नेपाली चालकले महजुजको १२४औँ ड्रमा २ करोड दिर्हाम राशिको पुरस्कार जितेका छन् ।
बुधबारको विनिमय दरअनुसार उक्त रकम नेपाली ७१ करोड ७० लाख हाराहारीमा हुन आउँछ।
उनको चिठ्ठाका सबै पाँचवटा नम्बरहरु ५, १०, ४१, ४६ र ४९ मिलेको थियो। उक्त ड्रको नयाँ संरचनाअनुसार सन् २०२३ मा विशाल राशिको पुरस्कार जित्ने उनी पहिलो व्यक्ति भएको खालिजटाइम्सले जनाएको छ। पदमले हरेक महिना ५७०० दिर्हाम आम्दानी गर्दै आएका छन्। काममा व्यस्त हुनुका बाबजुद उनी मानिसहरुलाई पनि सहयोग गर्दै आएका छन्।