काठमाडौं । लमजुङ उदिपुर सडक खण्डको पहिरोको निर्माण कार्यको लागि राजमार्ग आंशिक रूपमा बन्द हुने भएको छ । वैशाख ८ गतेदेखि जेठ पहिलोसातासम्म डुम्रे बेसीशहर चामे सडक योजना अन्तर्गतको उदिपुर सडक खण्डको पहिरोको निर्माण कार्यको लागि राजमार्ग आंशिक रूपमा बन्द गर्न लागिएको हो ।
डुम्रे बेसीशहर सडक खण्डको उदिपुरको पहिरोमा निर्माणकार्य शुरू भएको हुँदा उक्त समय हेरेर यात्रा गर्न सवारी यात्रुहरूलाई अनुरोध गरिएको छ ।