काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने एसीसी प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी बनेका छन्। मंगलबार सकिएको फाइनलमा सन्दीप प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका हुन्।
प्रतियोगिताभर सन्दीपले ५ खेलमा १३ विकेट लिएका थिए। समुह चरणको अन्तिम खेलमा उनले कतारविरुद्ध सर्वाधिक ४२ रन बनाएका थिए। प्रतियोगिताको उत्कृष्ट बलर ओमानका विलाल खान बने। बिलालले १७ विकेट लिएका थिए। यूएईका वृत्य अरविन्द उत्कृष्ट ब्याटर बने। उनले प्रतियोगिताभर ४ सय ५४ रन बनाएका थिए।