लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाले यस शैक्षिक सत्र २०८० को क्यालेण्डर निर्माण गरेको छ । गाउँपालिकाको शिक्षा शाखाका कर्मचारीहरुले छलफल गरेर २ हजार ६४० वटा क्यालेन्डर निर्माण गरेको हो ।
पालिकाको शिक्षा शाखाको श्रोत ब्यक्ति टिकाराम थापाले भने, ‘हामीले अन्य पालिकाले निकालेको क्यालेण्डर हेर् यौँ, यहाँ गत चैत महिनामा शिक्षा शाखाका कर्मचारीहरु बसेर छलफल गरेर क्यालेन्डर निर्माण गरेका छौँ ।’ परीक्षा मिति, नतिजा प्रकाशन मिति, प्रअ बैठक, शैक्षिक कार्यक्रम, खेलकुद प्रतियोगिता, शिक्षा सम्बन्धी हुने कार्यक्रमहरु, स्थानीय विदा र अन्य कार्यक्रमसहितको क्यालेण्डरमा समावेश गरिएको उनको भनाई छ ।
शिक्षा शाखा प्रमुख भिमप्रसाद लामिछानेका अनुसार १ लाख बराबरको उक्त क्यालेण्डर निर्माण गरेको छ । ४८ वटा विद्यालय रहेको र सो विद्यालयमा ३ हजार ५०० विद्यार्थीहरु रहेका छन् । ती सबै विद्यार्थीहरुलाई एउटा एउटा क्यालेन्डर दिने लक्ष्य रहेपनि बजेट अभावमा उक्त संख्यामा क्यालेण्डर निर्माण गरेर एक भन्दा बढी एउटै घरको रहेकोलाई एउटा क्यालेण्डरवितरण गरेको शिक्षा शाखा प्रमुख लामिछानेको भनाई छ ।
पालिकाले शैक्षिक क्यालेण्डर निर्माण गरेपछि विदा भए नभए, कुन मितिमा कुन कार्यक्रम भन्ने बारे पूर्व जानकारी हुने हुँदा सहज हुने विद्यार्थीहरुको भनाई छ ।