काठमाडौं । प्रहरीको फरार सूचीमा रहेका टोपबहादुर रायमाझीले संसद सचिवालयमा आफू विरामी भएको निवेदन पठाएका छन्। संसद सचिवालयका अनुसार रायमाझीले आफू विरामी भएको भन्दै सचिवालयलाई इमेल पठाएका हुन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले रायमाझीलाई गत बुधबार पक्राउ पूर्जी जारी गरेको छ। तर रायमाझी फरार छन्। आजै एमालेले रायमाझीलाई पार्टीको सचिव पदबाट निलम्बन गरेको छ।