काठमाडौं, २७ वैशाख । पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई ३ दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री खाणलाई आज बिहान काठमाडौंको मैजुबहालस्थित निवासबाट पक्राउ गरिएको थियो। उनलाई हिरासतमा राखेर अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंले अदालतमा पेश गरेको थियो।
जिल्ला अदालतले अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीले आज बिहान खाण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरेको थियो। यो प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ परिसकेका छन्।