काठमाडौं । नक्कली भुटानी शरणर्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदैछ।
दिउँसो १ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले ज्ञापन पत्र बुझाउन लागेका हुन् । त्यस्तै ७७ वटै जिल्ला प्रशासनमा जिल्ला कार्यसमितिका अध्यक्षमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको राप्रपाले जनाएको छ। अध्यक्ष लिङ्देनले भ्रष्टाचारविरुद्ध एकजुट हुन आह्वान समेत गरेका छन्।