काठमाडौं । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको महाअभियोग निलम्बन फुकुवा प्रकरणमा सर्वोच्च अदालतले पक्ष विपक्षका कानुनव्यवसायीलाई बहसनोट पेश गर्न आदेश दिएको छ।
संघीय संसदका महासचिव भरतराज गौतमले लेखेको पत्रको वैधानिकताबारे दायर भएको रिटमा अन्तिम फैसला गर्ने प्रयोजनका लागि वहश नोट झिकाइएको हो।
सर्वोच्च अदालतको संवैधानिक इजलासले दुवै पक्षबाट बहसनोट मगाउने आदेश दिएको हो महासचिव गौतमले गत मंसिरमा राणाको निलम्बन फुकुवा हुने भनी पत्र लेखेपछि विवाद सर्वोच्च पुगेको थियो।