काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। तोलामा १ हजार ५ सय रुपैयाँले वृद्धि हुँदा आज (बुधबार) सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १२ हजार र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ।
मंगलबार तोलामा २४ सयले बढेको सुनको मूल्य आज १५ सय बढेको हो। यसअघि गत वैशाख २१ मा छापावाल सुन १ लाख ११ हजार ८ सय रुपैयाँ प्रतितोलामा खरिद बिक्री भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ। प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १ हजार ३९५ रुपैयाँ पुगेको छ । सरकारले बजेटमार्फत सुन र चाँदीको प्रति १० ग्राम भन्सार महसुल वृद्धि गरेपछि मंगलबारदेखि सुन र चाँदीको मूल्य बढ्न थालेको हो।