काठमाडौं । लमजुङको राइनास नगरपालिकाले चालु आर्थिक वर्षको हालसम्म १४ वटा कार्यविधि स्वीकृत गरेको छ । नगरपालिकाले आवश्यकता अनुसार विभिन्न कार्यविधि निमार्ण गरी स्वीकृत तथा पारित गरेको हो ।
विभिन्न समयमा भएको नगरकार्यपालिका बैठक र नगरसभाबाट पारित विभिन्न विषयगत कार्यविधिहरु प्रमाणीकरण गरी राजपत्रमा प्रकाशित समेत गरिएको नगरपालिका योजना शाखा प्रमुख पूर्णवहादुर नेपालीले बताए । चालु वर्ष स्वीकृत भएका कार्यविधिमा संगठन संरचना हेरफेर तथा संशोधन, कृषि तथा पशुजन्य उपजको उत्पादनमा आधारित अनुदान सम्बन्धी कार्यविधि २०७९, राइनास नगरपालिकामा करारमा प्राविधिक र विविध सेवाका कर्मचारी व्यवस्थापन गर्ने सम्वन्धी कार्यविधि २०७९, नगर खेलकुद विकास कार्यविधि २०७९, टोल विकास संस्था संचालन कार्यविधि २०७९, संक्षिप्त वातावरणिय अध्ययन तथा प्रारम्भिक वातावरणीय परिक्षण कार्यविधि २०७९ रहेको छ ।
यसैगरी अति विपन्न, विपन्न दलित जनजाती र अल्पसंख्यक समुदाय स्वास्थ्य बीमा कार्यक्रम कार्यविधि २०७९, नगरप्रमुख उत्कृष्ट कृषक सम्मान कार्यक्रम कार्यान्वय कार्यविधि २०७९, शैक्षिक पुरस्कार तथा सम्मान मापदण्ड २०७९, स्थानीय बालअधिकार समिति गठन तथा परिचालन सम्वन्धि कार्यविधि, साँध सिमानामा रहेको रुख विरुवा व्यवस्थापन सम्वन्धि कार्यविधि २०७९, टेम्पो, अटो, रिक्सा, ईरिक्सा व्यवस्थापन कार्यविधि २०८०, बाल क्लब गठन तथा सञ्चालन २०७९ र नागरिक सामाजिक सुरक्षा तथा संरक्षण सम्वन्धी कार्याविधि २०८० स्वीकृत गरेको हो ।
नगरपालिकाले हालसम्म ५४ वटा ऐन, कानुन, नियमावली तथा कार्यविधिहरु तयार गरी विभिन्न समयमा भएका नगरकार्यपालिका वैठक तथा नगरसभाबाट पारित गरी राजपत्रमा प्रकाशित गरिसकेको जनाएको छ ।