काठमाडौं । प्युठानको भिंगृमा जीप दुर्घटना भएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् । स्वर्गद्वारी दर्शन गरेर दाङको लमही फर्किँदै गरेका तीर्थयात्री चढेको लु १ च ६३४५ जीप भिंगृमा दुर्घटनामा परेको हो । जीप सडकबाट खसेको छ । घाइते आठ जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको छ ।