लमजुङ । लमजुङमा सालक भेटिएको छ । पूर्वी लमजुङको राइनास नपा –९ मोहोरियाकोटमा आइतबार दिउँसो सालक भेटिएको हो । लोपोन्मुख जातिभित्र पर्ने तामे जातको सालक घाइते अवस्थामा उद्दार गरिएको सव डिभिजन वन कार्यालय धमिलिकुवाका वन रक्षक ओमप्रकाश घर्तीले बताएका छन् ।
घाइते सालकलाई सव डिभिजन वन कार्यालयमा सामान्य उपचार पश्चात आइतबार साँझ नजिकैको जंगलमा सुरक्षित तबरले छोडिएको छ ।