काठमाडौं । लमजुङको दोर्दी गाउँपालिका ४ नौथर शेराबाट नगदसहित सात जुवाडे पक्राउ परेका छन् ।
ए वान रेष्टुरेन्टबाट मंगलबार १ लाख १ हजार ६ सय २५ रुपैयाँसहित ७ जुवाडेलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा दोर्दी गाउँपालिकाका लिल बहादुर गुरुङ, राम अधिकारी, निल बहादुर गुरुङ, प्रेम कुमार राना, केश राना, कुमार गुरुङ र घरधनी पर्शुराम गुरुङ रहेका छन् । उनीहरुले मोवाईल बैंकिङ मार्फत रकम भुक्तानी गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
उनीहरुलाई जिल्ला प्रशासन कार्यालय लमजुङबाट जुवा सम्बन्धी कसूरमा म्याद थप लिइ अनुसन्धान अघि बढाइने जनाइएको छ।