लमजुङ । लमजुङ बेसिशहरस्थित विभिन्न होटलमा अनैतिक क्रियाकलापमा संलग्न होटल संचालकसहित पाँचजना पक्राउ परेका छन । बेसिशहर नगरपालिका वडा नं. ८ स्थित होटल हिमशिखर र ताप्लेजुङ तोङ्वा एण्ड सेकुवा कर्नरवाट संचालकसहित युवतीहरु पक्राउ परेका हुन ।
बेसिशहरस्थित होटलहरुमा अनैतिक क्रियाकलाप हुने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले आइतबार संचालन गरेको सर्च अपरेशनका क्रममा पाँच जना युवतीलाई पक्राउ गरिएको हो । युवती र होटल संचालक महिलाहरुले खाजा खान आउने ग्राहकहरुसँग वार्गेनिङ गरि अनैनिक क्रियाकलाप गर्ने गरेको पाइएको छ ।
पक्राउ परेका युवतीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताको कसूरमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताए ।
पक्राउ परेका होटल संचालक र युवतीहरुको जिल्ला प्रशासन कार्यालयवाट सात दिन म्याद थप अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रवक्ता प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिए ।