काठमाडौं । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा ४ जना पुरुष र एक जना महिला रहेका छन् ।
सहिद लखन गाउँपालिका–२ सिलिङमा पोखरी डाँडाबाट जन्ती बोकेर फर्कँदै गरेको प्रदेश ३–०१०२३ नम्बरको जिप घुम्तीबाट २ सय ५० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृतकहरुको सनाखत हुन बाँकी रहेको र घाइतेहरूको तनहुँको आबुखैरेनीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । १९ जना सवार रहेको जिपमा २ यात्रु सकुशल रहेका छन् ।दुर्घटनास्थल निकै तल खोंचमा रहेकाले घाइतेहरुको उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।