काठमाडौं । एसिसी यु-१६ मेन्स इस्टर्न रिजन कप–२०२३ को आफनो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई भारी रनले पारजित गरेको छ। बुधबार भएको खेलमा थाइल्याण्डमाथि नेपालको २२५ रनको जित हात परेको हो।
जितका लागि २७० रनको लक्ष्य पछ्याएको थाइल्याण्ड नेपाली बलरका सामु टिक्नै सकेन। थाइल्याण्ड १३.२ ओभरमा ४४ रनमा अल आउट भयो। नेपालका सन्तोष यादवले ३.२ ओभर मात्र बलिङ गरेर ५ विकेट लिए। भने अशोक धामीले ३ तथा अभिषेक तिवारीले २ विकेट हात पारे।
मलेसियाको बाँगीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा आठ विकेट गुमाउँदै दुई सय ६९ रनको योगफल बनाएको थियो। नेपालका ओपनर नीरजकुमार यादवले सर्वाधिक ७४ रनको योगदान दिए भने नरेन भट्टले अविजित ५५ रन बनाए।