काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत प्ले अफ खेलमा नेपालले युएईलाई पराजित गरेको छ। विश्वकप छनोट अन्तर्गत सातौँ स्थानका लागि भएको प्ले अफ सेमिफाइनलमा नेपाललले युएईलाई ३ विकेटले हराएको हो।
जिम्बाब्वेको हरारेमा भएको खेलमा जितका लागि युएईले दिएको १८२ रनको लक्ष्य नेपालले ४४औँ ओभरमा पूरा गरेको हो।
एक समय १०६ रनमा ७ विकेट गुमाई दबाबमा परेको नेपालको पारीलाई दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले उकासेका हुन्। यी दुईले आठौँ विकेटका लागि अविजित ७९ रनको साझेदारी गरेका थिए। ऐरीले ७९ तथा लामिछानेले २३ रन बनाए।
नेपालको सुरुआती ब्याटिङ आज निराशाजनक रह्यो। कुशल भुर्तेल ३५, ज्ञानेन्द्र मल्ल १३ र गुल्शन झाले १२ रन बनाउनुबाहेक अन्य कसैले पनि दोहोरो अङ्क बटुल्न सकेनन्।
दश टोली सम्मिलित आईसीसी विश्वकप छनोट प्लेअफमा नेपाल सुपर सिक्समा पुग्न नसकेपछि विश्वकप छनोटको मुख्य प्रतिस्पर्धाबाट बाहिरिए पनि नेपालले सातौँ स्थान बनाउन आज युएईसँग प्रतिस्पर्धा गरेको हो। अब नेपालले मङ्गलबार सातौँ स्थानका लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
आज भएको खेलमा नेपालले टस जितेर युएईलाई ब्याटिङको निम्तो दिएको थियो। नेपालले युएईलाई सुरुदेखि नै दबाबमा राखेको थियो।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । दार्चुलाको मुराइ केन्द्रविन्दु भएर सोमबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा…
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टी सभापति गगनकुमार थापाले दिएको राजीनामा सर्वसम्मत रूपमा…
काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभाका ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीको शपथ सोमबार हुने…
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार दोस्रो…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Monday, March 23
ताजा :
- दार्चुलामा भूकम्पको धक्का
- कांग्रेस सभापति थापाको राजीनामा अस्वीकृत
- प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ सोमबार
- पोखरा विमानस्थल निर्माणमा दोस्रो भ्रष्टाचार मुद्दा
- नेप्से परिसूचकमा उच्च अंकको वृद्धि
- इजरायलमा इरानको भीषण हमला
- कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी युवाहरूको प्रदर्शन
- काठमाडौंमा असिनासहितको वर्षा, दिउँसै अन्धकार
- सुनचाँदीकोे मूल्यमा निरन्तर गिरावट
- १८ सदस्यीय मन्त्रिपरिषद् बनाउने गृहकार्यमा रास्वप
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

