काठमाडौं । एसिसी यू–१६ इस्ट जोन कप क्रिकेटको प्रतियोगितामा नेपालले ह्याट्रिक गरेको छ। मंगलबार मलेसियामा भएको फाइलनमा आयोजक मलेसियालाई २२१ रनको विशाल अन्तरले हराउँदै नेपालले प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेको हो।
यसअघि नेपालले सन् २०१७ र २०१९मा पनि प्रतियोगिताको उपाधि जितेको थियो।
फाइलनमा नेपालले बल र ब्याट दुवैमा उत्कृष्ट प्रदर्शन ग¥यो । बायोमास ओभलमा २५३ रनको विशाल लक्ष्य पछ्याएको मलेसियालाई नेपालले १४.५ ओभरमा ३१ रनमै अलआउट ग¥यो।
मलेसियाका एक ब्यट्सम्यानले मात्र दोहोरो अंकमा स्कोर बनाउन सके। उसका मुहम्मद अक्रमले १२ बलमा १० रन बनाए भने मुहम्मद आस्यरफ रिफाइले १९ बलमा ७ रन बनाए। उसका ५ ब्याट्सम्यान डकआउट भएका थिए।
मलेसियाको इनिङ धरासायी बनाउने क्रममा नेपालका लागि कप्तान अविशेक तिवारीले ६ ओभरमा ७ रन मात्र खर्चेर ५ विकेट लिए। यस्तै सन्तोष यादवले ३ ओभरमा ९ रन खर्चेर ३ तथा सागर गैरे र अशोक धामीले पनि समान १ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले नरेन भट्टको सानदार शतक मद्दतमा निर्धारित ३५ ओभरमा ८ किवेटको क्षतिमा २५२ रन बनाएको थियो।
आक्रामक ब्याटिङ गरेका नरेनले ८९ बलमा १० चौका र २ छक्का प्रहार गर्दै नटआउट ११२ रन बनाए । यस्तै निरज यादवले यादवले ४९ बलमा ६ चौकाको सहयोगमा ४७ रन बनाउँदा सन्तोष यादवले २९ बलमा २ चौकाको सहयोगमा २६ र सूर्यांशु कोईरालाले १८ रन बनाए।
मलेसियाका लागि मुहम्मद अक्रमले ३ तथा अरेन अकील र मुहम्मद फदुलले समान १ विकेट लिए।