काठमाडौं । फिफा इन्टरनेशनल महिला फुबटल शृंखला २०२३ को उपाधि नेपालले जितेको छ । गोलकिपर एन्जिला तुम्बापो सुब्बा चम्किएपछि फाइनलमा बंगलादेशलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै नेपालले पहिलोपटक आयोजना गरिएको यो शृंखलाको च्याम्पियन बनेको हो ।
नेपालको जितमा सावित्रा भण्डारी, हीराकुमारी, दीपा शाही र अनिता केसीले गोल गरे । बंगलादेशको तर्फबाट संसुन नहार र मोनिका चक्माले मात्र बललाई जाली चुमाउन सके ।
बंगलादेशका तीन दुई पेनाल्टी प्रहारलाई नेपाली गोलरक्षक एन्जिलाले रोकेकी थिइन् । नेपालको तर्फबाटा तेस्रो पेटाल्टी प्रहार गर्न उनै एन्जिला आएकी थिइन् । तर, उनले गोल गर्न भने सकिनन् । उनको प्रहार पोष्टमा लागेर फर्किएको थियो ।
उनले सुलियाजिन पालिय र मारिया मान्डर पातिखेको बल समातिन् । त्यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले गोल गर्न सकेनन् ।