काठमाडौं । काठमाडौंको सामाखुशीमा एक बालकलाई बाढीले बगाउँदा बेपत्ता भएका छन्। पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत १३ वर्षीय साजन मगर बेपत्ता भएको प्रहरीले जनाएको छ।
विद्यालयबाट घर फर्किएपछि खेल्न निस्किएका सामाखुशी निवासी साजनलाई सानो खोल्साले बगाएर बेपत्ता बनाएको हो। बालक बगाएको खबर पाएसँगै नेपाल प्रहरीको गोंगबुस्थित प्रभाग, महाराजगञ्ज बृत्त, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विपद व्यवस्थापनमा खटिने टोलीले खोजी गरिरहेको छ।