काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ, जितपुर र आसपासका क्षेत्रमा आज बिहान भारी वर्षा भएकोले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
बिहानै आपतकालीन सन्देश पठाउँदै विभागले विष्णुमती नदी गोङ्गबुमा जलसतह सतर्कता नजिक पुगेको जनाएको छ ।
विष्णुमती, इच्छुमती, धोबीखोला तटीय क्षेत्रकाे खोला किनारको सडक र बस्तीमा बाढी पस्न सक्ने सम्भावना रहेकोले बिहान ७ बजे सम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको हो ।