काठमाडौं । नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्रीवितरण गरेका दुई पसललाई कारबाही भएको छ।
पोखराको अमरसिंह चोकमा रहेको अमरसिंह शुलभ कृषि सामग्री पसल र पोखराको शिवालयचोकमा रहेको उपभोक्ता सहकारी संघलाई २०/२० हजार जरिवाना गरिएको छ।
कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकले दुवै संस्थालाई २०/२० हजार रुपैयाँका दरले जरीवाना र अमरसिंहको कृषि सुलभ पसलमा रहेको २५ बोरा युरिया, ६ बोरा डिएपी र ५ बोरा पोटास जफत गरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा फिर्ता गरिएको छ।